वीरगञ्ज, २९ मंसिर । वीरगञ्जको गौतम माविमा मंसिर २४ गते शनिबार सम्पन्न विज्ञान प्रदर्शनी मेला तथा प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ ।
प्रदर्शनी मेलामा कक्षा ३ देखि १० सम्म अध्ययनरत विद्यार्थी समूहहरु सहभागी भएका थिए । सहभागी समूहमध्ये डिभिजन ए (कक्षा ९ र१०) अन्तरगत कोड ए – १ समूहले बनाएको इ–बाइक प्रथम, कोड ए–२ समूहले बनाएको लेजर लाइट सेक्युरिटी सिस्टम द्वितीय र कोड ए–४ समूहले निर्माण गरेको एन पी के फर्टिलाइजर, ह्युमान फलोइङ कारले तृतीय स्थान हासिल गरेको छ ।
त्यस्तै डिभिजन बी (कक्षा ७ र ८) अन्तरगत कोड डी–४ समूहले बनाएको स्मार्ट सिटी प्रथम, कोड डी–६ समूहले बनाएको स्टट गन द्वितीय र कोड सी–७ समूहले बनाएको स्मार्ट भ्वाइस कन्ट्रोलर, एन्टी स्लिप अलार्मले तृतीय स्थान प्राप्त गरेका छन् ।
यसैगरी डिभिजन सी (कक्षा ५ र ६) अन्तरगत कोड ई–९ समूहले निर्माण गरेको डे एण्ड नाइट मोडल प्रथम, कोड एफ–३ समूहले बनाएको मोर्डन इन्फ्राइस्ट्रक्चर द्वितीय र कोड ई–५ समूहले निर्माण गरेको हाइड्रोलिक जेसिबीले तृतीय स्थान हासिल गरेको गौतम माविका कार्यक्रम संयोजक सौराज प्रधानले जानकारी दिए ।
प्रधानका अनुसार बुधबार विद्यालयको प्राङ्गणमा विजयी समूहलाई पदक प्रमाणपत्र नगद पुरस्कारद्वारा पुरस्कृत र सम्मानित समेत गरिएको छ । सर्वोकृष्ट हुने डिभीजन ए अन्तरगत ई–बाइक निर्माण गर्ने समूहकी छात्रा प्रिया चौरसियाले निस्ट कलेज काठमाडौंमा कक्षा ११ र १२ का लागि छात्रवृत्तिसमेत प्राप्त गरेकी छिन् ।
नेशनल इन्फोटेक कलेजका निर्देशक मनिष सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका निर्देशक सोनाम लामा, सहायक प्रधानाध्यापिका परीक्षा लामा, विद्यालय व्यवस्थापन समिति सदस्य, शिक्षक शिक्षिका लगायतको उपस्थिति रहेको थियो ।



