वीरगञ्ज, २९ मंसिर । वीरगञ्जको गौतम माविमा विज्ञान सम्बन्धी कक्षा सजावट प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ७ देखि १० कक्षासम्मका विद्यार्थीहरुको सहभागितामा कक्षा सजावत प्रतियोगिता समपन्न भएको हो ।
प्रतियोगितामा कक्षा १० (ए) प्रथम, कक्षा १० (बी) द्वितिय र कक्षा ७ (डी) तृतिय भएको गौतम माविका कार्यक्रम संयोजक सौराज प्रधानले जानकारी दिए ।
प्रतियोगितामा कृति अग्रवाल, प्रकाश सर्राफ र रञ्जना सर्राफले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
प्रतियोगितामा गणेश क्षेत्री, ललित कर्ण, रमेश शर्मा, एल्भिन रेञ्जर, नुतन सरावगी सीमा करनाणी लगायतको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९ १७:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



