वीरगञ्ज, । बारामा एकै परिवारका तिनजनाको हत्या भएको छ ।
बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर ५ प्रस्टोकामा बुधबार एकै परिवारको तिनजनाको हत्या गरिएको हो । उनीहरुको शव खोलाको किनार नजिकैबाट फालिएको अवस्थामा भेटिएको छ । हत्या हुनेमा आमा र दुइ छोराछोरीको रहेको प्रहरीले जनाएको छ ।
प्रस्टोका गाँउ भन्दा अन्दाजी २ किलोमिटर टाँढाको ढोरा खोलाको किनारमा बुधबार दिउँसो साढे २ बजे तिर प्रस्टोका टोलकै दिपेन्द्र चौधरीकी पत्नि २५ बर्षिया सुजता चौधरी, उनकी छोरी ३ बर्षकी ताहिरा चौधरी र छोरा १६ महिनाका राजवीर चौधरीको शव भेटिएको बाराका प्रहरी उपरिक्षक होविन्द्र बोगटीले जानकारी दिए ।
तीनै जनाको विभत्स तरिकाले हत्या गरि शव फालिएको अवस्थामा भेटिएको प्रहरी उपपरिक्षक बोगटीले बताए ।
घरमुली दिपेन्द्रले पत्नि सुजाता र दुइ छोराछोरीको हत्या गरेको स्थानीयको आशंका छ । पत्नि र छोराछोरीको हत्या गरि फरार भएका दिपेन्द्रलाइ प्रहरीले घाइते अवस्थामा फेला पारि उपचारका लागि अस्पतालमा भर्ना गरेको छ ।
पत्नि र छोराछोरीको हत्या गरि भाग्ने क्रममा दिपेन्द्र लडेर घाइते भएको हुन सक्ने प्रहरीको आशंका छ । उनको वीरगञ्जस्थित एलएस न्यूरो अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको बोगटीले बताए ।
बुधबार अपरान्ह घटनास्थलमा पुगेका प्रहरी उपरिक्षक बोगटीले हत्या कसले र किन गरेको भन्ने विषयमा अझै यकिन कारण खुल्न नसकेको र यस बारे अनुसन्धान भइरहेको बताए ।



