Birgunj News24
स्रोत नखुलेको २४ लाखभन्दा बढी रकमसहित एक भारतीय नागरिक पक्राउ

वीरगञ्ज, २७ मंसिर । सशस्त्र प्रहरीले धनुषाबाट स्रोत नखुलेको २४ लाखभन्दा बढी रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । धनुषाको विदेह नगरपालिका– ९, इटहर्वास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीका मधेस प्रदेश प्रमुख डीआईजी गाणेशबहादुर ठाडा मगरको विशेष सुराकीका आधारमा सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको  २४ लाख १७ हजार नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनीं जिल्ला मंगपट्टी वडा नम्बर–१ मन्दिर, विशौल बस्ने २३ वर्षीय उमेशकुमार रहेको डीआईजी मगरले जानकारी दिए ।

 मंगलबार बिहान ११ वजे इटहर्वास्थित सीमावर्ती क्षेत्रमा भारतबाट अवैध रुपमा प्रदेश २–०२–००५ प ५७९८ नम्बरको अपाचे मोटरसाइकलको ट्याङ्कीभित्र लुकाई छिपाई राखेको २४ लाख १७ हजार रकम नेपाल ल्याउँदै गर्दा सशस्त्र प्रहरीले बरामद गरेको छ । 

पक्राउ परेका युवा र मोटरसाइकलसहित २६ लाख १७ हजार मूल्यबराबरका सामान आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरीले जनकपुरधामस्थित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनी कार्यालय बर्दिवासले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  १९:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update