Birgunj News24
शिव गोयलको २६ औ वैवाहिक गाँठका अवसरमा बीरगञ्ज कारागारका कैदीबन्दीहरुलाई बदामको जुस वितरण 

वीरगञ्ज, २७ मंसिर ।  नरसिंह दास बृजलाल गोयल वेलफेयर सोसाइटी बीरगंजका अध्यक्ष शिव गोयलको २६ औ वैवाहिक जीवनको अवसरमा बीरगंज कारागारका कैदीबन्दीहरुलाई बदामको जुस वितरण गरिएको छ ।

बीरगंज कारागारको परिषद्मा आज एक समारोहका बीच उक्त बदामको जुस जेलर मदन घिमिरेलाई हस्तान्तरण गरिएको हो । बीरगंज कारागारमा कैदी जीवन बिताइरहेका मानवीय सेवाको उदेश्यले यो सामाजिक कार्यमा लागेको अध्यक्ष गोयलले बताएका छन् । 

नरसिंह दास बृजलाल गोयल वेलफेयर सोसाइटीको नामले बीरगंजमा धेरै सामाजिक कार्य गदै आइरहेको अध्यक्ष गोयलले बताए । आफुले कोरोना कालमा अति आवश्यक औषधि भारतबाट मगाएर धेरैको जीवन बचाउन मद्दत गरेको बताए ।

सोसाइटीले बीरगंजमा रक्तदान, आँखा शिविर, न्यानो कपडा वितरण, गरिव तथा विपन्नहरुलाई आर्थिक सहयोग एवम् मठमन्दिर लगायत अन्य सामाजिक क्षेत्रमा सक्रियताका साथ काम गदै आइरहेको अध्यक्ष गोयलले बताएका छन् । आगामी दिनहरुमा समेत यस्ता सहयोग जारी रहने प्रतिबद्धता उनले जनाएका छन् । 

आज आफ्नो एनिभरसरिको अवसरमा उनले बीरगंज कारागारमा रहेका १४ सय भन्दा धेरै कैदीबन्दीहरु र अन्य कर्मचारी प्रहरी लगायतलाई ३८ काटुन अर्थात १८२४ पिस बदामको जुस ड्रिङ्रग वितरण गरेर मानवीय सेवामा पुन्य गरेका हुन् ।

समारोहमा नरसिंह दास बृजलाल गोयल वेलफेयर सोसाइटी बीरगंजका संरक्षक सिमला देवी गोयल आमा, नितु गोयल, कोषाध्यक्ष रबिन्द्र गोयल, सामाजिक अभियानता ओमप्रकाश सरार्फ, मुनलाइट माविका डाइरेक्टर सुलभ केसी, दिनेश सरार्फ, असइ लालुमाया गुरुङ, डाक्टर दिपक यादव लगायतको विशेष उपस्थित रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  १८:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update