Birgunj News24
वीरगञ्जका उद्योगी अग्रवाल छौडादानो रेलवे स्टेशनमा मृत फेला 

वीरगञ्ज, २६ मंसिर । वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ माईस्थान निवासी ५० वर्षीय सुनीलकुमार अग्रवाल भारतको पूर्वी चम्पारणस्थित छौडादानो रेलवे स्टेशन क्षेत्रमा मृतावस्थामा फेला परेका छन् ।

वीरगञ्जको लिङ्करोडमा रहेको पशुपति इलेक्ट्रिकका सञ्चालक अग्रवाल नियमितरूपमा बिहान प्रात भ्रमणको लागि निस्केको र उनी मृतावस्थामा भारतको छौडादानो रेलवे स्टेशननजीक फेला परेका हुन् । 

आईतबार दिउँसो १ बजे उनी मृतावस्थामा फेला परेको सूचना वीरगञ्जमा परिवारजनलाई आएको थियो ।


परिवारका सदस्यहरूले अग्रवाल दैनिकरूपमा बिहान प्रात भ्रमणमा निस्कने र ८ बजेसम्म घर आइपुग्ने गरेको तर हिजो ९ बजेसम्म घर नआएपछि उनी हराएको सूचना सार्वजनिक गरिएको बताए ।

छौडादानोमा मृत फेला परेका अग्रवाललाई स्टेशन बाहिर चिया खाएर परिसरभित्र योग गरेको अवस्थामा देख्नेहरू पनि छन् । उनी योग गर्दागर्दै चियापसलमैं आधा घण्टापछि लडेको र मृत्यु भएको बताइएको छ ।


जिआरपी रक्सौल थानाका धर्मेन्द्र कुमारले टाउकोमा चोट लागेको हुँदा उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।  अग्रवालको शवलाई आइतवार नै शल्यक्रियाको लागि मोतिहारी पठाइएको छ । वीरगञ्जका अग्रवाल के कारणबाट भारतको छौडादानो पुगे र त्यहाँ योग गर्दागर्दै कसरी मृत्यु भन्ने विषयमा अन्योलता छ । 

केहीले बैंकको ताकेताको कारण उनी त्यहाँ गएको र मृत्यु भएको अनुमान गरेका छन् भने कतिपयले जग्गा हेर्न तथा इलेक्ट्रिकको कारोबारी भएकाले त्यहाँ गएको र व्यापारको सम्बन्धमा हत्या भएको पनि हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update