Birgunj News24
घरेलु हतियारसहित बाराका उमर राय यादव पक्राउ

वीरगञ्ज,। चुनावका बेला बारामा हतियार सहित एक युवक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा पचरौता नगरपालिका वडा नम्बर ८ बाजोपट्टीका २९ बर्षिय अमर राय यादव रहेका छन् । 

उनको साथबाट कटुवा पेस्तोल १ थान र अत्याधुनिक चक्कु १ थान बरामद भएको बाराका प्रहरी उपपरिक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पचरौता नगरपालिका ९ स्थित तियर खोलाको पुलबाट यादवलाइ कटुवा पेस्तोल र चक्कु सहित पक्राउ गरेको हो ।

भारतबाट आउदै गरेका यादवले प्लाष्टिकको बोरामा भित्र लकुाइ छिपाइ राखेको अवस्थामा पेस्तोल र चक्कु बरामद भएको बोगटीले बताए । 

हतियार सहित पक्राउ परेका यादवलाई बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको बोगटीले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  ०९:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update