Birgunj News24
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा वीरगञ्जमा दिप प्रज्वलन  

वीरगञ्ज, २५ मंसिर । ७४ औ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा वीरगञ्जमा दिप प्रज्वलन गरिएको छ ।

एम्नेष्टी इन्टरनेसनल ग्रुप १६ नेपाल वीरगञ्जले कैन्डिल मार्चका साथै शान्ति पदयात्रा गर्दै घण्टाघरमा दिप प्रज्ज्वलन गरेको हो । राष्ट्रिय मानवअधिकार तथा भ्रष्टाचार नियन्त्रण नेपाल केन्द्रिय कार्यालय वीरगञ्जको सहआयोजनामा दिवस मनाइएको हो । 

इम्नेष्टी इन्टरनेशनल ग्रुप १६  नेपाल वीरगञ्जका अध्यक्ष  राजेश जैन एवं राष्ट्रिय मानवअधिकार तथा भ्रष्टाचार नियन्त्रण नेपालका केन्द्रिय कार्यवाहक सभापति संगीता पटेलको सयुँक्त अध्यक्षतामा दिप प्रज्वन गरिएको हो । 

नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजसेवी हुकुम सिंह राजपुत, वीरगञ्ज कपडा बैंकका सचिव कन्हैया पटेल, सन्चारकर्मी निरज पिठाकोठे मगर, एम्नेष्टी इन्टरनेशनल ग्रुप १६ नेपाल वीरगञ्जका सचिव प्रकाश बाहेती, कोषाध्यक्ष रजनिश झा एवं पदाधिकारी सदस्यहरु, राष्ट्रिय मानवअधिकार तथा भ्रष्टाचार नियन्त्रण नेपाल वीरगञ्जका पदाधिकारी सद्स्य लगायतको उपस्थिती रहेको थियो । 

कार्यक्रमको सहजीकरण एम्नेष्टीका सदस्य एवं सन्चारकर्मी  लालबाबु सिंहले गरेका थिए । 
 

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  १३:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update