Birgunj News24
वीरगञ्जको घण्टाघरमा महिला हिंसा विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन

वीरगञ्ज, २३ मंसिर । वीरगञ्जको घण्टाघरमा महिला हिंसा विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ । 

‘सभ्य समाजको पहिचान, लैंगिक हिंसा विरुद्धको अभियान’ भन्ने मुल नाराका साथ सुरु भएको महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत शुक्रबार १५ औं दिनमा सचेतनामुलक सडक नाटक प्रदर्शन गरिएको हो । 

दाइजोका कारण महिलामाथि हुने गरेको हिंसा नाटकमा देखाइएको थियो । 

 

 

 

कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गलत कार्यको प्रतिकार गर्ने हिम्मत नगर्दासम्म महिलामाथि हुने गरेका हिंसाले प्रश्रय पाउने भएकाले गलतको प्रतिकार गर्न सक्नु पर्नेमा जोड दिएका छन् । 

देखाउनका लागि मात्र कार्यक्रम नगरी घरघरसम्मै जागरण पुग्ने गरि अभियान लैजान पर्ने पनि उने बताए । 

 

 

सभ्य समाजका लागि महिलामाथि हुने हिंसा स्वीकार्य नहुने भएकाले यसलाई निर्मूल पार्न सबै एक भएर लाग्नु पर्ने उनको भनाई छ । 

कार्यक्रममा उपप्रमुख इम्तियाज आलमले छोरीलाई आत्मनिर्भर बनाउन अभिभावक लाग्नु पर्ने भन्दै त्यसका लागि शिक्षाबाट बन्चित गर्न नहुने बताए । 

महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले हिंसामा परेका महिलाको उद्धार र सहयोगका लागि सेफ हाउस निर्माणमा महानगरको चासो रहेको बताए । 

जिल्ला प्रहरी कार्यालय, माइती नेपाल, आफन्त नेपाल, सानो पाइला, युवालय, आसमान नेपाल लगायतका संस्थाको समन्वयमा वीरगञ्ज महानगरपालिकाले कार्यक्रम आयोजना गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  १२:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update