Birgunj News24
आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदै

वीरगञ्ज, २२ मंसिर । आईसीसी विश्वकप लिग टुअन्तर्गतको त्रिदेशीय शृंखलाको चौथो खेलमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ।

नेपाल र स्कटल्याण्डबीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने दुई बजेबाट सुरु हुनेछ।

यसअघि भएको खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो। यस शृंखलामा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागीता छ।

 

 

सात टोली सहभागी विश्वकप लिग टू मा नेपाल २३ खेलमा १८ अंक सहित छैठौं स्थानमा छ। स्कटल्याण्ड ३१ खेलमा ४४ अंकका साथ पहिलो स्थानमा रहेको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update