Birgunj News24
वीरगञ्ज महानगरले सुरु गर्‍यो छठघाट सफाई अभियान

वीरगञ्ज,। छठपूजा नजिकिएसँगै वीरगञ्ज महानगर भित्र रहेका विभिन्न नदी, खोला र पोखरीहरुको सरसफाई सुरु भएको छ ।

मधेशी समूदायको सबैभन्दा ठूलो पर्वका रुपमा रहेको छठपूजालाई ध्यानमा राखेर वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको निर्देशनमा नगरभित्र विभिन्न स्थानमा रहेका नदी, खोला, पोखरी र अन्य धार्मिक स्थलहरुको सरसफाई सुरु भएको हो ।

मेयर सिंहले कडा रुपमा अभियाननै चलाएर सरसफाईमा ध्यान दिन निर्देशन दिएको उनका स्वकिय सचिव सत्यराज घिमिरेले जानकारी दिए ।

बुधबार अभियानको पहिलो दिन वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित माईधिया पोखरी, नगवाको सफाई लगायत सफाई गरिएको छ ।

तीन दिन निर्जल बसि गरिने महापर्व छठ पूजाको तयारी धेरै अगाडि देखिनै गर्ने गरिन्छ । विभिन्न ठाउँमा रहेको छठ घाटको सरसफाइ स्थानीयवासी र माग अनुसार महानगरपालिकाको कर्मचारीले गर्दै आएकोमा यश पटक महानगरले आफै अभियान अगाडि बढाएको घिमिरेले बताए ।

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  ०९:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update