वीरगञ्ज, । पर्साको ठोरीस्थित नेपाल भारत सीमा नजिकबाट सशस्त्र प्रहरीले लागूऔषध गाँजा बरामद गरेको छ।
सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट विजयवस्तीबाट खटेको प्रहरी टोलीले नेपाल भारतको सीमा नजिकबाट २० किलोग्राम गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरी निरिक्षक भुपेन्द्र कुमार बहडखैरको नेतृत्वमा खटिएको टोलीले बुधबार बिहान ८ बजे
तस्करले भारतीय नम्बर प्लेटको मोटरसाइकलमा राखेर लैजादै गरेको गाँजा बरामद गरेको जनाइएको छ ।
गाँजा ढुवानी गर्ने तस्कर भने फरार भएका छन् । प्रहरीलाई हेर्नसाथ तस्करहरु गाँजा फालेर मोटरसाइकलमा भारत तर्फ भागेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गाँजा ठोरी ४ का वडाध्यक्ष मानबहादुर थिङको रोहबरमा इलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९ ०९:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



