काठमाडौं, १६ माघ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद सजाय सुनाइएको छ ।
पाकिस्तानको विशेष अदालतले राज्यका गोप्य सूचना चुहाएको आरोपमा पूर्वप्रधानमन्त्री खान र पूर्वविदेशमन्त्री शाह महमुद कुरेसीलाई १० वर्षको जेल सजाय सुनाएको हो ।
आफूमाथि लागेको आरोप पूर्वप्रधानमन्त्री खानले अस्वीकार गर्दै राजनीतिबाट निर्देशित भएको बताएका छन् ।
भ्रष्टाचार आराेपमाम ३ वर्षकाे जेल सजाय सुनाइएको खान हाल काराबासमा छन् ।
प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १७:५१
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
                साताको लोकप्रीय
            
        



 
                                                 
                                                 
                                                 
                                                 
                             
                             
                             
                             
                             
                            