Birgunj News24
बारामा तेलहन खेतीको क्षेत्रफलमा वृद्धि

वीरगञ्ज, १८ मंसिर ।  बारामा यस वर्ष तेलहन खेतीको क्षेत्रफलमा वृद्धि भएको छ ।

यस वर्ष किसानले १० हजार तीन सय हेक्टर क्षेत्रफलमा तेलहन खेती गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्ष १० हजार दुई सय ७० हेक्टरमा खेती गरिएको थियो ।

यस्तै केन्द्रका अनुसार तेलहन बालीको उपादकत्वमा विगतका केही वर्षदेखि प्रतिहेक्टर एक मेट्रिक टन उत्पादन हुने गरेको थियो ।

 

२०७२/०७३ सालमा भने प्रतिहेक्टर एक दशमलव १० मेट्रिक टन उत्पादकत्व रहेको थियो । २०७३ सालदेखि २०७७ सम्ममा कृषकले ११ हजारदेखि १२ हजार हेक्टर क्षेत्रफलमा खेती गर्दै आए पनि उत्पादकत्वमा सुधार नभएर वृद्धिमा कमी हुँदै आएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १३:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update