Birgunj News24
वीरगञ्जमा ह्विल चेयर दौड प्रतियोगिता सम्पन्न

वीरगञ्ज, १७ मंसिर ।  वीरगञ्जमा ह्विल चेयर दौड प्रतियोगिता सम्पन्न भएको छ । विश्व अपाङ्ग दिवसका अवसरमा एलाईड युथ सोसाईटीको आयोजनामा वीरगञ्जको आदर्शनगरस्थित पूरानो बसपार्कमा ह्विल चेयर दौड प्रतियोगिता सम्पन्न भएको हो । 

६ जनाको सहभागिता रहेको प्रतियोगितामा सन्तोष महतो, महाविर राम र रामअयोध्या प्रसाद क्रमश प्रथम, द्वितिय र तृतिय भएका छन् । 

विजेताहरुलाई वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकी, मधेश विश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक शाक्य, डाक्टर अशोक दास लगायतले प्रमाणपत्र र न्यानो कम्बल सहित सम्मान पुरस्कृत गरेका थिए । 

 

 

त्यसअघि प्रतियोगितामा सहभागीहरुलाई खादा ओढाएर सम्मान सहित ह्विल चेयर दौड प्रतियोगिताको उदघाटन गरिएको थियो । 

संस्थाका अध्यक्ष आकाश दासको अध्यक्षतामा भएको कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका सरसफाई शाखा अधिकृत सरफुद्दीन मियाँ, वडा प्रहरी कार्यालय वीर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्ल, सशस्त्र प्रहरी वोर्डर आउट पोष्ट भन्सारका सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र भट्ट, सिर्सिया आउटपोष्टका सशस्त्र प्रहरी निरीक्षक तीर्थराज बस्नेत, वीरगञ्ज सामुदायिक आँखा अस्पतालका संयोजक महेशसिंह धामी, युवा नेता दिलिपराज कार्की लगायतको उपस्थिति रहेको संस्थाका निवर्तमान अध्यक्ष ओम कुमार झाले जानकारी दिए । 

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  १३:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update