Birgunj News24
कस्तो रहनेछ आजको मौसम ?

वीरगञ्ज, १७ मंसिर । हाल मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १, मधेश र सुदूरपश्चिममा आंशिक बदली रहेको छ ।

 

 

दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

आइतबार प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ । राति प्रदेश १ र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  ११:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update