Birgunj News24
 प्रतियोगिताबाट बाहिरीसकेको मधेश प्रदेशको पहिलो जित

वीरगञ्ज, १६ मंसिर । वाई वाई  यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले पहिलो जित दर्ता गरेको छ ।  

मधेशले पाचौं खेलमा पहिलो जित निकालेको हो  । पहिलो जित दर्ता गर्ने क्रममा मधेशले गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गर्यो ।  

गण्डकीले दिएको २१४ रनको लक्ष्य मधेशले ४८.३  ओभरमा ५ विकेट गुमाउदैं भेट्टायो । 

जसमा मयन यादवले ४९,मेघराम राजले ४३ रनको योगदान गरे । 

त्यसअघि त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको गण्डकी ४८.५ ओभरमा २१३ रनमा अलआउट भयो । 

उसका गोबिन्द विकले सर्वाधिक ५३ रनको योगदान गरे ।  

मधेशका स्येमन रोयले ३,अवजित मण्डलले २,नितेश यादवले २, अविशेख तिवारीले २ विकेट लिए ।  

यि दुबै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् ।  

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १६:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update