Birgunj News24
९ किलो चरेससहित वीरगञ्जबाट २ जना पक्राउ

वीरगञ्ज,। पर्सा प्रहरीले वीरगञ्जबाट ९ किलो चरेश सहित २ जनालाई पक्राउ गरेको छ ।  

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का करण राय र सोही स्थानका राज चौरसिया रहेका छन् । 
वडा प्रहरी कार्यालय विर्ताबाट खटेको प्रहरी टोलीले लागूऔषध चरेससहीत २ युवकलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ रेल्वे रोड खण्डबाट बुधबार दिउँसो ९ किलो ५ सय ग्राम चरेससहित २ जनालाई पक्राउ गरेको हो । 

प्रहरी टोलीले सवारीसाधन र पैदल यात्रु चेकजाँचका क्रममा चरेससहित रायलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिए।

रायको बयानका आधारमा चरेस ओसार पसारमा चौरसियाको पनि संलग्नता रहेको खुलेपछि उनलाई पनि पक्राउ गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  ०९:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update