 
                                                                        तेहरान, २७ पुस । इरानले टर्कीका लागि तेल निर्यात गर्ने अमेरिकन कार्गो जहाज कब्जामा लिएको छ ।
गत वर्ष त्यही जहाज र यसको तेल संयुक्त राज्यले जफत गरेको बदलामा टर्कीको लागि इराकी कच्चा तेलसहितको ट्याङ्कर जफत गरेको इरानी समाचार माध्यमले जनाएका छन ।
इरानको पछिल्लो यो कदमले कदमले मध्य पुर्वमा क्षेत्रीय तनाव निम्त्याउने सम्भावना थप बढेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।
‘इस्लामिक रिपब्लिक अफ इरानको नौसेनाले अदालतको आदेश अनुसार ओमानको खाडीमा एक अमेरिकी तेल ट्याङ्करलाई नियन्त्रणमा लिएको छ,’ राज्य सञ्चालित आइआरएनए समाचार एजेन्सीले जनाएको छ ।
‘गत वर्ष संयुक्त राज्यले इरानी तेल चोरी गरेपछि सेन्ट निकोलस ट्याङ्करलाई इरानको नौसेनाले नियन्त्रणमा लिएको हो,’ इरानी नौसेनाले इरानी समाचार एजेन्सी फार्सलाई जानकारी दिदैँ भन्यो ।
इरानको यो कदमलाइ अमेरिकाले यसलाई गैरकानूनी कब्जा भनेर निन्दा गरेको छ । र, साथै इरानलाई कब्जा गरिएका जहाज र त्यसका चालक दललाई तुरुन्त रिहा गर्नसमेत माग गरेको छ।
यमनको इरानी पठित हुथीहरूले लाल सागरमा जहाजहरूमा आक्रमण गरेको हप्ता पछि यो कब्जा भएको हो। हुथी विद्रोहीहरूले गाजामा इजरायलको आक्रमणको बीचमा प्यालेस्टिनीहरूसँग ऐक्यबद्धतामा आक्रमणहरू गरिरहेको बताउँदै आएका छन ।
सो समूहको आक्रमणले व्यस्त जलमार्गमा गस्ती गर्ने अमेरिकी नेतृत्वको सेनाबाट सम्भावित प्रतिशोधात्मक हमलाको जोखिम बढाएको छ । विशेष गरी संयुक्त राष्ट्र सुरक्षा परिषदले बुधवार हुथीहरूको निन्दा गरेपछि यहाँ समुन्द्री युद्दको सम्भावना र खतरा थप बढाउँदै गएको बेला इरानले अमेरिकन तेल कार्गो कब्जा गरे पछि बिश्वव्यापी चिन्ता बढेको छ।
हुथीहरू अरबी प्रायद्वीपको दक्षिण पश्चिममा बाब अल मन्डब स्ट्रेटमा केन्द्रित छन् तर बिहीबारको यो घटना ओमान र इरानको बीचमा रहेको स्ट्रेट अफ हर्मुजको नजिक अवस्थित थियो।
ब्रिटिश समुद्री सुरक्षा फर्म एम्ब्रेले भने कि घटना बिहान स्थानिय समय अनुसार ७ बजे भएको थियो । धेरै इरानी हतियारधारीहरू ओमानको सोहरबाट ५० समुद्री माइल पूर्वमा मार्शल टापुको झण्डा भएको सेन्ट निकोलसमा चढेका थिए र त्यसपछि सो जहाजलाइ इरानको बन्दरगाहतर्फ लगेका थिए ।




 
                                                 
                                                 
                                                 
                                                 
                             
                             
                             
                             
                             
                            