वीरगञ्ज, १५ मंसिर । बिरगंज महानगरपालिका वडा नम्बर ७ रामटोलस्थित सन्तोषी माताको मन्दिरलाई पूर्ण निर्माण गरिने भएको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिव गोयलको अध्यक्षतामा बिहिवार पुजन होटलमा बसेको बैठकमा मन्दिर पुन:निर्माण सम्बन्धी छलफल भएको हो ।
धार्मिक आस्थाको पबित्र मन्दिर जिर्ण अवस्थामा रहेको हुँदा त्यसको पुनःनिर्माण आवश्यक रहेको बैठकमा सहभागीहरुले बताएका थिए । मन्दिर निर्माणका लागि ६२ लाख खर्च हुने अनुमान गरिएको छ भने हालसम्म २२ लाख रुपैयाँ संकलन भएको पनि बैठकमा जानकारी गराइएको थियो । अँझै ४० लाख रुपैयाँ संकलन गर्नुपर्ने व्यवस्थापन समितिका कोषाध्यक्ष पुनित अग्रवालले बताए ।
छलफलमा समाजसेवी विजय सरावागी, निर्माण समितिका उपाध्यक्ष्य सतिश चाचान, बरिष्ठ चिकिस्तक डाक्टर प्रमोद सर्राफ, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, उज्ज्वल शर्मा लगायतले मन्दिर निर्माणमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।



