Birgunj News24
पर्साका पत्रकार सर्राफको हृदयघातका कारण निधन 

वीरगञ्ज, १५ मंसिर । हृदयघातबाट पर्साका युवा पत्रकार नरेश सर्राफको निधन भएको छ । 

विभिन्न स्थानीय तथा राष्ट्रिय स्तरको सञ्चार संस्थामा कार्यकर्ता सर्राफको आज (बिहिबार) बिहान हृदयघातका कारण निधन भएको हो ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको सदस्यसमेत रहेका सर्राफको ३० वर्षकै अल्पायुमा हृदयघातका कारण निधन भएको हो । बिहानको शारिरीक व्यायमका क्रममा एक्कासी लडेपछि सर्राफलाई आज बिहान परिवारका सदस्यले यहाँस्थित नारायणी अस्पतालमा भर्ना गराएका थिए ।

यद्दपी अस्पताल भर्ना गर्नभन्दा पहिलानै उनको मृत्यु भइसकेको चिकित्सकले बताएका छन् । नारायणी अस्पतालमा कार्यरत चिकित्सक डा. सरोज रोशन दासका अनुसार अस्पताल ल्याउँदा बाटोमै उनको मृत्यु भइसकेको थियो । अस्पतालको आपतकालीन वार्डमा सर्राफलाई मृत घोषणा गरिएको थियो । 

सर्राफ विगत डेढ दशकदेखि वीरगञ्जलाई आफ्नो कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका थिए । सगरमाथा टेलिभिजनको पर्सा जिल्ला संवाददातासँगै राष्ट्र सन्देश अनलाईनका अध्यक्षसमेत रहेका सर्राफ समाजवादी प्रेस संगठनसँग पनि आबद्ध थिए । 
उनको निधनले पर्सेली पत्रकारिताको क्षेत्रमा अपुर्णिय क्षती पुगेको छ । पत्रकार जगतमा शोक छाएको छ । 

सर्राफको पार्थिक सरिर आजै बिरगंञ्ज को अशोक बाटिका मा दाहसंस्कार गरिएको को छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १०:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update