Birgunj News24
सखुवाप्रसौनीमा ट्याक्टरले ठक्कर दिँदा १ जनाको मृत्यु 

वीरगञ्ज, १४ मंसिर ।  पर्सामा नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ रामनगरीबाट महुवतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट एकजना ठेला चालकको ज्यान गएको हो ।  

चटपटे बिक्रि गरेर ठेला चलाउँदै बहुवनबाट रामनगरीतर्फ जाँदै गरेका बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरी निवासी ४५ वर्षीय तपसी साह कानुको घटनास्थलमै मृत्यु भएको हो । 

ईलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक आयुश जोशीको नेतृत्वमा खटिएको टोलीले मृतकको लास जाँच, प्रकृती मुचुल्काको काम सकेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । 

घटनापश्चात ट्याक्टर लिएर फरार चालकलाई प्रहरीले खोजी कार्य तिव्र पारेको पनि डिएसपी गिरीले बताए । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १२:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update