वीरगञ्ज, ११ मंसिर । भारतबाट अवैध रुपमा नेपाल भित्रिदै गरेको पिकप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
१० लाख बराबरको भन्सार छलीका सामाग्री लिएर नेपाल भित्रिदै गरेको यु पी ५२ टि १६४७ नम्बरको पिकअप गाडीलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १० मटिअर्वास्थित सडक खण्डमा बेवारिसे अवस्थामा रोकेर राखिएको पिकप फेला परेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
उनका अनुसार नियन्त्रीत पिकअपलाई आवश्यक अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९ १८:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



