Birgunj News24
अटोको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु

वीरगन्ज । बाराको निजगढमा गत बिहीबार अटोको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा आइतबार मृत्यु भएको छ ।मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका वडा नम्बर १ नमूनावस्तीकी ४० वर्षिया सानुमाया घिसिङ रहेकी छन् ।

गत बिहीबार निजगढ ९ ठाडोलाईन सडक खण्डमा पैदल यात्री घिसिङलाई प्रदेश २–०३–००१ ह ४३३ नम्बरको अटोले ठक्कर दिएको थियो । अटोको ठक्करबाट गम्भिर घाइते घिसिङको वीरगन्ज स्थित एनएल न्यूरो अस्पतालमा उपचारका क्रममा आइतबार बिहान सवा १० बजे मृत्यु भएको बाराका प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिने ।

ठक्कर दिने अटो र त्यसका चालक निजगढ ८ का लोक बहादुर आले मगरलाई प्रहरीले नियन्त्रणमा लिइसकेको थापाले बताए ।

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  १४:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update