वीरगञ्ज, ११ मंसिर । मधेश सरकारले सोमबार प्रदेशभर सार्वजनिक विदा दिएको छ ।
प्रदेशको ठूलो पर्व सीताराम विवाहपञ्चमीको अवसरमा प्रदेश सरकारले भोली (सोमबार) सार्वजनिक विदा दिएको हो ।
मधेशका मुख्यमन्त्री लालबाबु राउतले आइतबार एउटा शुभकामना सन्देश जारी गर्दै विवाहपञ्चमीको अवसरमा सार्वजनिक विदा रहेको जानकारी गराएका छन् ।
सप्ताहव्यापी रुपमा जनकपुरमा धुमधामसित मनाइने सीताराम विवाहपञ्चमीको भोलि मुख्यदिन रहेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९ १३:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



