Birgunj News24
बारा क्षेत्र नम्बर ३ बाट एमालेकी ज्वालाकुमारी साह निर्वाचित

 बारा । बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेकी ज्वालाकुमारी साह निर्वाचित भएकी छन् ।

ज्वालाले जनता समाजवादी पार्टीका रामवावु कुमार यादवलाई पराजित गर्दै निर्वाचित भएकी हुन् । उनले २०२५१ मत ल्याइन् भने उनका प्रतिस्पर्धी यादवले १७२७९ मत पाए।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका लालबाबु सिंह भुइहारले ११ हजार ९६४ मत पाएर तेस्रो हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र शर्माले ३५७९ मत पाएर चौथो भएका छन् ।

जनमत पार्टीकी राधिका देवी साहले ३३३१, भङ्गेरा चिह्नमा चुनाव लडेका कलामुदीनले १८७८, एकीकृत शक्ति नेपालका नरेशकुमार चौलागाईंले १०७५, नेपाल लोकतान्त्रिक पार्टीका महम्मद शानी ठकुराईले १०४४ मत पाएका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १२:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update