Birgunj News24
गोरखा २ मा प्रतिद्वन्द्वी भन्दा दाहाल फराकिलो अन्तरले अगाडि

गोरखा । प्रतिनिधि सभा गोरखा क्षेत्र नम्बर– २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जारी मतगणनामा अग्रता लिनु भएको छ ।

पछिल्लो मत परिणाम अनुसार १४ हजार ८०४ मत गणना हुँदा दाहालले ८ हजार ६१९ मत ल्याउनु भएको छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले २ हजार २७७ मत ल्याएर पछ्याइरहनु भएको छ । उता नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँले भने १ हजार ९४६ मत ल्याउनु भएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १९:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update