काठमाडौं, ८ मंसिर । संसदीय चुनावको नतिजा सार्वजनिक भइरहेका बेला बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन्।
गोरखा क्षेत्र नं २ बाट विजयी भएका प्रचण्डलाई देउवा र ओलीले फोन गरेर बधाई दिएका हुन्।
फोनमा उनीहरूले एकआपसमा बधाई साटासाट गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए।
ओलीले भने प्रचण्डसँग मिलेर जानेबारे कुराकानी गरेका थिए। ओलीले कम्युनिष्ट पार्टी मिलेर नजाँदा निर्वाचनमा धक्का लागेको समेत बताएका थिए।
'हामी नमिल्ने कुरामा त तपाईंको भूमिका धेरै हो। त्यसबारे त तपाईंले समीक्षा गर्नुस्,’ प्रचण्डलाई उद्धृत गर्दै मल्लले भने।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १८:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



