Birgunj News24
लोसपाका रमेश कुर्मी प्रदेशसभा सदस्यमा निर्वाचित

वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टीले पर्सामा खाता खोलेको छ। पर्सा २ (ख) बाट नेता रमेशप्रसाद कुर्मी प्रदेश सभा सदस्यमा पुनः निर्वाचित भएका हुन्।

निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहभन्दा २ हजार ६३७ मत ल्याएर उनी दोस्रो कार्यकालका लागि प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्।

रमेशले ९४७१ मत पाउँदा रुपेशले ६ हजार ८३४ मत ल्याएका छन्। रमेशलाई बाम लोकतान्त्रिक गठबन्धनको साथ थियो। एमाले जसपा गठबन्धनका हरेराम प्रसादले ३ हजार ७९० मत ल्याएर तेस्रो भएका छन्।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ११:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update