Birgunj News24
मधेस प्रदेशका मुख्यमन्त्री राउत पुनः निर्वाचित

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पुनः निर्वाचित भएका छन् । पर्सा निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट प्रदेशसभा सदस्य पदमा उमेदवारी दिएका राउत ७ हजार ५४५ मत ल्याएर पुनः निर्वाचित भएका हुन् ।

बुधबार बिहान पर्सा निर्वाचन क्षेत्र नम्बर १ (ख) को मतगणनाको अन्तिम परिणाम अनुसार राउत आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामनारायण प्रसाद कुर्मीलाई १ हजार ३३३ मतको अन्तरले पराजित गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । कुर्मीले ६ हजार २१२ मत प्राप्त गरेका छन् ।
 
राउत यसअघि पनि यसै क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुँदै मधेस प्रदेशका मुख्यमन्त्री बनेका थिए । ०७४ को निर्वाचनमा राउतले ९ हजार ८०४ मत प्राप्त गरेर नेपाली कांग्रेसका विजय सर्राफलाई पराजित गरेका थिए ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ११:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update