वीरगञ्ज, ६ मंसिर । पर्साको क्षेत्र नम्बर ४ (क) बाट नेपाली कांग्रेसका शंकर प्रसाद चौधरी निर्वाचित भएका छन् ।
पाँच दलीय सत्ता गठबन्धनको समर्थन पाएका चौधरीले निकटम प्रतिद्वन्दी नेकपा एमालेका जयप्रकाश थारुलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
यही क्षेत्रका निवर्तमान प्रदेश सभा सदस्यसमेत रहेका चौधरी पुनः दोहोरिएका हुन् । उनले संविधान सभा सदस्यसमेत रहेका नेकपा एमाले पर्साका अध्यक्ष २ हजार ३४ मतले थारुलाई पराजित गरेका हुन् ।
चौधरीले ११ हजार ५ सय ८५ मत ल्याएर निर्वाचित हुँदा थारुले ९ हजार ५ सय ५१ मत प्राप्त गरेका छन् । योसँगै पर्सा जिल्लामा २ वटा प्रदेश सभा कांग्रेसले हात पारेको छ ।
यसअघि पर्साको क्षेत्र नम्बर २ (क) मा नेपाली कांग्रेसकै श्याम पटेल निर्वाचित भइसकेका छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ १७:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



