Birgunj News24
मधेशका मुख्यमन्त्री राउतको प्रारम्भिक अग्रता  

वीरगञ्ज, ५ मंसिर ।  मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले शुरुवाती अग्रता लिएका छन् ।

पर्साको क्षेत्र नम्बर १ (ख) मा हालसम्म ३ हजार ६ सय ३० मत गणना गर्दासम्म उनले ४ सय ९० मतको अग्रता लिएका हुन् । राउतले १ हजार ३ सय २ मत पाउँदा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामनारायण प्रसाद कुर्मीले ८ सय १२ मत प्राप्त गरेका छन् । 

हाम्रो नेपाली पार्टीका ओमप्रकाश सर्राफले ५ सय १ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विनय प्रसाद झाले ४ सय १३ मत प्राप्त गरेका छन् । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  २०:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update