Birgunj News24
वीरगञ्जको नगवामा यादवको अग्रता, ५३३ मतले लिड गर्दै   

वीरगञ्ज, ५ मंसिर ।  पर्साको क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप यादवले ५ सय ३३ मतले लिड गरेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित नेपाल राष्ट्रिय मावि नगवा बुथको ३ हजार ६ सय ३० मत गणना सकिदा जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबन्धनका उम्मेदवार यादवले ५ सय ३३ मतले लिड गरेका हुन् ।

यादवले १ हजार ८ सय ९ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार अजय कुमार द्विवेदीले १ हजार २ सय ७६ मत ल्याएका छन् । यादवभन्दा द्विवेदी ५ सय ३३ मतले पछाडी छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का किरणमान डंगोलले २ सय १९ मत ल्याएका छन् । पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार लक्ष्मणलाल कर्णले जम्मा ५० मत प्राप्त गरेका छन् । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १९:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update