वीरगञ्ज, ५ मंसिर । पर्साको क्षेत्र नम्बर ४ (ख) मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
साँझ ६ बजेर २५ मिनेटसम्मको अवधिमा २ हजार ५ सय ३९ मत गणना गर्दा नेपाली कांग्रेसका शंकर प्रसाद चौधरीले १ हजार ४ सय ७७ मत प्राप्त गरेका छन् ।
नेकपा एमाले पर्साका जिल्ला अध्यक्षसमेत रहेका जयप्रकाश थारु चौधरीभन्दा ७ सय ६२ मतले पछाडी छन् । थारुले ७ सय १५ मत प्राप्त गरेका छन् ।
हालसम्म यस क्षेत्रमा ५७ मत बदर भएको छ । अग्रता लिएका चौधरी निवर्तमान प्रदेश सभा सदस्यसमेत हुन् ।
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९ १९:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



