वीरगञ्ज, ५ मंसिर । पर्साको क्षेत्र नम्बर २ मा पाँच दलीय गठबन्धनका अजय चौरसियाले अग्रता बढाउँदै लगेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबन्धनका उम्मेदवार सुरेन्द्र प्रसाद कुर्मीलाई ३ सय ५० मतले पछाडी पार्दै अजय कुमार चौरसियाले अग्रता कायमै राखेका हुन् ।
नेपाली कांग्रेसका चौरसियाले १ हजार ३ सय १५ मत पाउँदा कुर्मीले ९ सय ६५ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका दिपराज पटेललाई ८५ मत परेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९ १८:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



