वीरगञ्ज, ४ मंसिर । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेवार प्रदीप यादवले मतदान गरेका छन् ।
नेपाल सरकारका पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका यादवले वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ मनियारीस्थित मतदान केन्द्रमा मतदान गरेका हुन् ।
मनियारको नेपाल राष्ट्रिय आधारभुत बिद्यालय मनियारी केन्द्रमा मतदान गरिसकेपछि यादवले त्याहाँको मतदान स्थलमा अवलोकनसमेत गरेका थिए ।
मतदान केन्द्रको अवस्थाको बिषयमा स्थानियहरुसँग भलाकुसारी गिरी यादव केही बेरमै केन्द्रबाट अन्य केन्द्रको अवलोकनका लागि निस्किएका छन् ।
मतदानपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वमन्त्री यादवले जनताले बिवेकपूर्ण ढङ्गले मतदान गर्ने तथा सही उम्मेदवार छान्न सफल हुने विश्वास व्यक्त गरेका छन् ।
प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९ १२:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



