वीरगञ्ज, ४ मंसिर । नेपाली कांग्रेसले बाराका ३ जनालाई पार्टीबाट निलम्बन गरेको छ ।
बाराको क्षेत्र नम्बर ४ बाट बाम गठबन्धनका आधिकारिक उम्मेदवार कृष्ण कुमार श्रेष्ठ (किसान श्रेष्ठ) विरुद्ध प्रचारप्रसारमा संलग्न भएका भन्दै नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले ३ जनालाई निलम्बन गरेको हो ।
नेपाली कांग्रेस बाराका उपसभापति अमिरीलाल राउत, जिल्ला सदस्य हरिप्रसाद थपलिया र क्षेत्रीय प्रतिनिधि सुशील ढोडारीलाई पार्टीबाट निलम्बन गरिएको अनुशासन समितिका संयोजक आनन्द प्रसाद ढुंगानाले जानकारी दिएका छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९ ११:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



