वीरगञ्ज, १ मंसिर । स्थिर समय शुरु हुनुको पूर्व सन्ध्यामा वीरगञ्जबाट नक्कली मतपत्र र नगदसहित २ जनालाई पक्राउ गरेको छ । वीरगञ्जको बसपार्क सडकखण्डबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको सयुँक्त गस्ति टोलीले २ लाख ७२ हजार नगद र नक्कली मतपत्रसहित २ जनालाई पक्राउ गरेको हो ।
बाराको कलैयाबाट वीरगञ्ज आउँदै गरेको बा। १०२५ च ६६३६ नम्बरको कारलाई शंका लागि चेकजाँच गर्दा नगदसहित नक्कली मतपत्र फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए ।
उनका अनुसार पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १८ का कार चालक अमिरी राउत र कारमा सवार वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ इनर्वाका राजन सिंह रहेका छन् ।
उनीहरुको साथबाट फेला परेको नक्कली मत पत्र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० को रहेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्ल र सशस्त्र प्रहरी भन्सार गस्ति टोलीका सशस्त्र प्रहरी निरीक्षक रविन्द्र भट्टको नेतृत्वमा खटिएको टोलीले साइकल छापको करिब ७ देखि ८ हजार प्रति नक्कली मतपत्र फेला पारेको हो ।
उनीहरुविरुद्ध आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।



