Birgunj News24

विराटनगर, २२ भदौ । मोरङको विराटनगरबाट प्रहरीले स्रोत नखुलेको रकमसहित एक व्यक्ति पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल मोरङका अनुसार स्रोत खुल्न नखुलेको ९ लाख १७ हजार रूपैयाँ नगदसहित विराटनगर महानगरपालिका-१४ का २६ वर्षीय कृष्ण चौधरी पक्राउ परेका हुन्। 

उनलाई सशस्त्र प्रहरीको गस्ती टोलीले विराटनगर–१४, मन्ठा पोखरी नजिकबाट पक्राउ गरेको थियो। प्रदेश १–०२–०४९ प ४३६८ नम्बरको मोटरसाइकल चढेर नेपालतर्फ सिमाना पार गर्न लाग्दा चौधरीलाई खानतलासी गर्दा सिटमुनि नगद फेला परेको जनाएको छ। थप अनुसन्धानको लागि चौधरी र मोटरसाइकल राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको जनाइएको छ। 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  २१:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update