Birgunj News24

काठमाडौ, २२ भदौ । प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १४ लाख १६ हजार ७६३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । बैंकले यो सेयरको भाउ भने तोकेको छैन ।

 यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (भदौ २२ गते) बाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ । 

उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई पनि सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  २१:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update