Birgunj News24
हेटौंडा बजार क्षेत्रको सडकका बारेमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

हेटौंडा बजार क्षेत्रको सडकका बारेमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

हेटौंडा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडामा बजार क्षेत्रको सडक विस्तारको बिषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण गराइएको छ । सङ्घीय संसदमा मकवानपुरबाट प्रतिनिधित्व गर्ने चार जना सांसद, प्रदेशसभा सदस्य, पूर्व सांसद, संविधानसभा सदस्य र मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा पूर्व अध्यक्षहरुसहितको टोलीले प्रधानमन्त्री प्रचण्डलाई मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर सडक विस्तारको समस्याका बारेमा ध्यानाकर्षण गराएको हो ।

सडक डिभिजन कार्यालय हेटौंडाले गत असारमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडाको रातोमाटे–बुद्धचोक–राप्ती पुलसम्मको सडक सीमा सडक केन्द्रबाट २५र२५ गज दायाँ–बायाँ बनेका संरचना हटाउन सूचना जारी गरेको थियो । त्यसपछि हेटौंडा मुल्य राजमार्गका घरधनीहरुले मुआब्जा र क्षतिपूर्ति बिना सडक विस्तार गर्न नपाइने भन्दै आन्दोलित भएका थिए । उनीहरुले सर्वोच्च अदातलमा मुद्दा समेत दायर गरेको थिए ।

मकवानपुरका राष्ट्रियसभा सदस्य रामचन्द्र राई, प्रतिनिधिसभा सदस्य महेश कुमार बर्तौला, दीपक बहादुर सिंह, विन्धबासिनी कंसाकार, पुर्ब सांसद, संविधान सभा सदस्य अनन्त पौडेल, प्रदेश सभाका सदस्य लक्ष्मी श्रेष्ठ, मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण प्रसाद गुप्ता अग्रवाल लगायतकाको टोली प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

उनीहरुले हेटौंडाको सडक बिस्तार, मुआब्जा बितरण, लगत संकलन लगायतको बिषयमा प्रधानमन्त्री प्रचण्डसंग छलफल गरे । छलफलमा प्रधानमन्त्री हेटौंडाको सडक बिस्तार बिषयमा देखिएको समस्या समाधानप्रति सकारात्क रहेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार गुप्ताले बताए । यसबारे सम्बन्धित मन्त्रालयका मन्त्रीलगायतसँग प्रधानमन्त्रीले छलफल गर्ने प्रतिवद्धता पनि व्यक्त गरेको गुप्ताले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १४:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update