Birgunj News24

थाहानगरलाई ‘मिनि फिल्म सिटी’ को रुपमा स्थापित गर्न फिल्म फेष्टिभल गरिने 

हेटौंडा – मकवानपुरको थाहा नगरपालिकालाई नेपालको ‘मिनि फिल्म सिटी‘को रुपमा स्थापित गर्नको लागि आउँदो मङ्सिरमा फिल्म फेष्टभल हुने भएको छ । शनिबार पत्रकार सम्मेलन आयोजना गरी आउँदो मङ्सिर ९ देखि १५ गतेसम्म हुने आयोजक थाहा कला केन्द्रले जानकारी दिएको छ ।

पर्यटनका लागि फिल्म फेष्टिभल मूल नाराका साथ थाहा कला केन्द्रको संयोजनमा उक्त कार्यक्रम हुन लागेको हो । फेष्टिभलमा धार्मिक, साँस्कृतिक, ऐतिहासिक विषयवस्तु समेटिएका वृत्तचित्रदेखि पर्यटन प्रवद्र्धनका लागि तयार भएका चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लगहरु प्रर्दशन हुने कार्यक्रमका आयोजक समितिका संयोजक प्रमोदकृष्ण जोशीले बताए ।

उनले फेष्टभलले थाहानगरलाई नेपालको ‘मिनि फिल्म सिटी‘को रुपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनका अनुसार फेष्टभल आयोजना गर्दा २७ लाख रुपैया खर्च लाग्ने आयोजकको अनुमान छ ।

फेष्टिभलमा थाहानगरमा रहेका विभिन्न पर्यटकीय स्थलहरको प्रचारप्रसार गरिने र सो क्षेत्रमा पर्यटन उद्योगको विकासमा मद्दत पुग्ने आयोजकले जनाएको छ । फेष्टिभलमा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, थाहानगरपालिका लगायत संघसंस्थाहरुको आर्थिक सहयोग रहेको बताईएको छ ।

फिल्म फेष्टिभल भरि चलचित्र निर्माता, निर्देशक, फिल्म प्राविधिकहरुलाई थाहा नगरको विभिन्न पर्यटकीय स्थलको दृश्यावलोकन गराईने जनाएको छ । थाहाको दामन, सिमभञ्ज्याङ, टिष्टुङ, पालुङ, इन्द्रसरोवर ताल, बज्रबाराही, चित्लाङ पर्यटकीय क्षेत्रका रुपमा परिचित छ । त्यस क्षेत्रको प्रचारप्रसार थप सम्भाव्यताको खोजी गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ०९:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update