अग्रज साहित्यकार तुल्सी थापाको निधन
हेटौंडा – मकवानपुरका अग्रज शाहित्यकार तुल्सी थापाको निधन भएको छ । चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा साहित्यकार थापाको शुक्रवार बिहान निधन भएको हो।
हेटौंडा–११ स्थायी निवासी थापालाई निमोनिया, मधुमेह, रक्तचापसम्बन्धी समस्या थियो । साहित्य, शिक्षा र सामाजिक कार्यमा महत्वपूर्ण योगदान गरेका थापाको ७८ वर्षको उमेरमा निधन भएको हो। थापाको पार्थिव शरीर हेटौंडा ल्याएर अन्तिम संस्कार गरिने बताईएको छ ।
शिक्षण पेशाबाट निवृत्त भएपछि थापाले साहित्य रचनामा विशेष योगदान दिएका थिए । उनले थापाले कविता विधामा नयाँ दाना कविताको सुरुवात समेत गरेका थिए ।
थापाको दाना कविता संग्रह “एक निमेष अनन्तको (२०५८)”, “अमर सिंहको खोजीमा अमर सिंह नाटक (२०६१)” र कथासंग्रह “फरक आकाश (२०७२)” प्रकाशित छन् । उनी भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानका पूर्व अध्यक्ष समेत हुन\ । थापाले गोरखा दक्षिण बाहु चौथो (२०४४), नारायणी वाङ्मय पुुरस्कार (२०५८) सहित विभिन्न सम्मान प्राप्त गरेका थिए ।



