मकवानपुरमा बेवारिसे अवस्थामा महिलाको शव फेला
हेटौंडा – मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं.८ मा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार शुक्रबार साँझ ६ः३० बजे बागमती नदिको किनारमा अन्दाजी २५÷३० बर्षीय महिलाको शव फेला परेको हो ।
नामथर वतन नखुलेको ती महिलाको बागमती नदिको किनारमा घोप्टो परेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
उक्त शवको सनाखत तथा पहिचानको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ २, २०८० १५:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



