मकवानपुरमा घाँस काट्ने क्रममा भीरबाट लड्दा एक जनाको मृत्यु
हेटौंडा – मकवानपुरका भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रसरोवर गाउँपालिका वडा नं.३ चित्रघारीका ५३ बर्षीय विनोद कुमार बम्जन रहेका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार सोमबार बिहान घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा भिरबाट बम्जन लडेर घाइते भएका थिए । उनको उद्धार गरी आफ्न्तहरुले उपचारको लागि मनमोहन अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत शव मनमोहन अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८० २०:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



