Birgunj News24

हेटौंडाबाट गाँजा र चरेस सहित तीन जना पक्राउ

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटे चेक प्वाईन्टबाट लागुऔषध गाँजा र चरेस सहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा देश भारत रामगदवा पुर्वी चम्पारन बस्ने २१ बर्षीय सत्यम कुमार, सोही स्थान बस्ने ४५ बर्षीय राम पुकार प्रसाद र हेटौंडाडा–१८ हर्नामाडी बस्ने २९ बर्षीय भिम बहादुर घलान रहेका छन् ।

पूर्वपश्चिम राजगमार्ग अन्तर्गत आइतबार हेटौंडा तर्फबाट वीरगञ्जतर्फ जाँदै गरेको बिआर ०५ एच ५११६ नम्बरको ईण्डियन बोलेरो गाडीलाई चेकजाँच गर्दा ३ किलोग्राम लागुऔषध गाँजा फेला पारी गाडीमा सवार कुमार र प्रसादलाई प्रहरीले नियनत्रणमा लिएको थियो ।

उनीहरुलाई नियन्त्रणमा सोधपुछ गर्दा बिक्रीवितरण संलग्न रहेको आरोपमा प्रहरीले हेटौंडा उपमहानगरपालिका–१८ हर्नामाणी बस्ने २९ बर्षीय भिम बहादुर घलानलाई ६० ग्राम चरेस सहित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

तीनै जनालाई बरामद गरिएको लागुऔषध सहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १९:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update