त्रिभुवन राजपथ अन्तर्गत भीमफेदीमा पहिरो, दूई वटा घरमा क्षति
हेटौंडा – त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.२ स्थित भैंसेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ भने दुई वटा घर क्षति पुर्याएको छ ।
शनिबार दिउँसो राजपथ अन्तर्गत भैँसे सडक नजिकै रहेको दुई वटा घरमा पहिरोले पूर्ण क्षति गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीले बताए ।
उनका अनुसार पहिरोले स्थानीय ७० वर्षीय रामकृष्ण देउलाको ब्लकले बनाएको टिनको छानो भएको २ वटा कच्ची घरमा क्षति पुर्याएको हो । पहिरोले मानवीय र पशु चौपायाको क्षति नभएको उनले बताए ।
पहिरोको कारण हेटौंडा भैंसे पालुङ नौबिसे हुँदै काठमाडौं जोड्ने त्रिभुवन राजपथ अवरुद्ध भएको छ । पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, साउन २७, २०८० १९:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



