मकवानपुरमा ढुङ्गाले लागेर एक प्रहरी जवानको मृत्यु
हेटौंडा –मकवानपुरको भीमफेदीस्थित प्रहरी चौकी भैंसेमा कार्यरत एक प्रहरी जवानको मृत्यु भएको छ । जाजरकोट घर भएका २२ वर्षीय कृतिबहादुर नेपालीको बाटोमा माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
प्रहरीका अनुसार उनी गएराति ८ः३५ बजेको समयमा ड्युटीमा खटिएको अवस्थामा लडेर घाइते भएका थिए । उनको उपचरको लागि हेटौंडा ल्याईएको थियो । गएराति उपचार गरेर हेटौंडाबाट कार्यालयतर्फ फर्किने क्रममा भीमफेदी–१ स्थित बुलबुलेस्थि सडकमाथिबाट खसेको ढुङ्गाले लागेर नेपाली गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रमम मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८० १८:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



