Birgunj News24
प्रहरी श्रीमती संघद्वारा हेटौंडामा वृक्षारोपण

प्रहरी श्रीमती संघद्वारा हेटौंडामा वृक्षारोपण

हेटौंडा – बागमती प्रदेश प्रहरी हेटौंडाको कार्यालय परिसरमा वृक्षारोपण गरिएको छ । नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा कार्यालय परिसरमा वृक्षारोपण गरिएको हो ।

कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणा, बागमती प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मी, बागमती प्रदेश प्रहरी गण हेटौंडाका गण प्रमुख लगायत ९० जना सकल दर्जाका प्रहरी कर्मचारीहरुले वृक्षारोपण गरेका हुन्।

वृक्षारोपण कार्यक्रममा अमला, अम्वा, कपुर, निम, कागती, भोगटेलगायत विभिन्न प्रजातीका १२० वटा बिरुवाहरु रोपिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update