बागमती नदीमा आएको बाढीले राजमार्ग कटान, मकवानपुरमा ६ घर ढुवान
हेटौंडा – लगातारको वर्षाका कारण बागमती नदीमा आएको बाढीले मकवानपुरको बागमती गाउँपालिका वडा नं= ४ पाँच पाण्डपस्थित मदन भण्डारी राजमार्गको केही भाग कटान गरेको छ ।
बागमती नदीमा आएको बाढीले मकवानपुरको बागमती गाउँपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका जोड्ने बागमती पुल नजिकैको सडक कटान गर्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सडक एक तर्फी मात्र सुचारु रहेको र ठुला गाडीहरुको आवागमनमा जोखिम युक्त रहेको प्रहरीको भनाई छ ।
त्यस्तै बागमती नदीमा आएको बाढी बागमती गाउँपालिका वडा नं.४ स्थित पाँच पाण्डप बस्तीमा पसेको छ । प्रहरीका अनुसार बाढी बस्तीमा पस्दा ६ वटा घर ढुवानमा परेको छ । घरका मानिसहरू र घरका सामान सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।



